
अक्षरपाटी विशेष
सुदूरपश्चिमको दूर जिल्ला मात्र होइन, विकट क्षेत्र पनि हो दार्चुला। जहाँ आजपनि शिक्षा, स्वास्थ्य र बाटोघाटो सहज छैन। अविकसित परिवेशमा सामाजिक विकासका अवयवहरु पनि कमजोर हुनु स्वभाविक हो।
सुदूरपश्चिमप्रदेशको राजधानी धनगढीदेखि ३ सय ५० किलोमिटरभन्दा टाढा दार्चुलाको एउटा गाउँमा सामान्य किसानको रुपमा घरजम गरिरहेकी कमला धामी १४ वर्षअघि छोरीकीआमा बन्छिन्।उनकोे पहिलो सन्तानका रुपमा जन्मिदै गरेको शिशुलाई लिएर मनभरी अनेकन सपना र संघर्ष थिए।
पहिलो सन्तानका रुपमा जन्मिइन छोरी जयन्ती। उनलाई जन्मदिँदा उनको मातृत्व जति पुलकित भयो, त्यो भन्दा कमलाको मनमा एउटा चिन्ता गडेर बस्यो। कारण थियो–छोरी जयन्ती ओठ र तालु फाटेको समस्यालिएर जन्मिइन्।
विकट पहाडी गाउँ। त्यसमाथि ओठ र तालु फाटेकी छोरीको जन्महुनु उनकालागि खुशीकम पीडा बढी भइदियो।
कमलाले तीं दिन सम्झँदै भनिन्, ‘पहिलो कुरा त नाबालक छोरीलाई दूध खुवाउनै समस्या भयो, अर्को कुरा यो समाजले के भन्लाभन्ने चिन्ताले मन खायो।’
समाजको हेपाहाप्रवृतिकाबीच छोरीको भविश्य के होला?भन्ने चिन्ताले उनी ग्रस्त भइन्। न नजिक राम्राअस्पताल, न यसबारे कुनै जानकारी !दुर्गम गाउँमा ओठ र तालु फाटेकाकोे उपचार पाउनु सपना जस्तै थियो।
ओठ र तालु फाटेकी छोरीको उपचारका लागि उनीमनमनै मात्र पिरोल्लिनन्, उपाएको खोजीमा निकै भौतारिइन्। कैयौँलाई सहयोगका लागि गुहारिन पनि।
छोरीको भविष्यको चिन्ताले उनी चुपलागेर बसिनन्। उपचारको उपायखोज्दै हिँडिन्। काठमाडौंमा उपचार सम्भव हुने जानकारी कतैबाट पाएपछि उनले छोरी सहित राजधानीजाने निर्णय गरिन्।
दार्चुलाबाट झण्डै एक हजार किलोमिटरको दुरीमा रहेको काठमाडौंको यात्रागरिन्। काठमाडौं पुग्न उनलाई गाडीमा ३० घन्टा लाग्यो। त्यहाँजयन्तीको फाटेको ओठ र तालुको प्रारम्भिकउपचार भयो। उपचारपछि उनी नयाँखुशी र आसासहित छोरी लिएर घर फर्किन्।

समयबित्दै गयो। उनीफेरि आमाबन्ने भइन्। एक सन्तानहुर्किसक्दाअर्को सन्तानको आगमनहुने कुराले को खुशीहुँदैन होला !कमला पनि खुशी भइन्।
तर उनको यो खुशी छोराको जन्मसँगै ओइलाइ दियो। उनको जीवनमा अर्कोचुनौति आइलाग्यो। एक वर्षअघि जन्मिएका छोरा कपिल पनिओठ तथा तालु फाटेको समस्यासहित जन्मिए।
नवजात छोराको अवस्था देखेर उनीमलिन त भइन्, छोरीको पालामाजस्तो निराशभने भइनन्। किनकि उनले धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा यस खाले समस्या अर्थात ओठ तालु फाटेकाहरुको उपचार हुने कुरा सुनिन्। यत्ति सूचनाले पनि उनको मनमा आसाको दियो जलाइदियो।
‘उपचार हुन्छ भन्ने कुराले आसा त जाग्यो’, उनले भनिन्, ‘तर आफूसँग उपचारका लागि एक रुप्पे थिएन।’ जे त होला ! भनेर उनी उक्लिइन् उकालो। लागिन धनगढीतिर।
कैले बोक्दै, कैले डोर्याउँदै घन्टौँ पैदल हिँडेर उनी गाडी चड्ने ठाउँसम्म आइन्। जोरजाम गरेको पैसा गाडीभाडा तिरिन्। बाँकी भगवान भरोसाभन्दै यात्रागरिन्।
यसपटक उनीएक्लै थिइनन्। नवजात छोरा कपिलर १४ वर्ष पुगिसकेकी छोरी जयन्तीपनि साथमै थिइन्। जो बाटोको विकटता र मनको एक्लोपनकी साथीजस्ती भइदिन्थिन्। उनको निर्दोश मुस्कानहौसला र प्रेरणा बनिदिन्थ्यो।
कपिललाई पहिलो शल्यक्रियाको खाँचो थियो भने १४ वर्षीया जयन्तीलाई तालुमा बनेको जटिल समस्या फिस्टुलाको उपचार आवश्यकथियो। फेरि उही उकालो–ओरालो, उही कष्टकर यात्रापार गर्दै उनीनिसर्ग अस्पताल आइपुगिन्।अस्पतालले कमला र उनकादुवै सन्तानलाई न्यानो स्वागतग¥यो।
निसर्ग अस्पतालको डेन्टल युनिटमा उनले मुखतथाअनुहार रोग विशेषज्ञ डा. दीपक ठकुराठीलाई भेटिन्। त्यसपछि बालरोग विशेषज्ञ डा. दीपक पौडेल, रमेश चन्द्र जोशी, एनेस्थेसियोलोजिस्ट डा. हेमन्तओझा र डा. सुनिल भट्टसहितको टोलीले सल्लाह गरी शल्यक्रियाको तयारी ग¥यो।
एउटै छानामुनि र एउटै समयमा दुवै सन्तानको सफल उपचार गरियो। कपिलको फाटेको ओठको शल्यक्रिया सफलतापूर्वक सम्पन्नभयो भने जयन्तीको तालुमा रहेको सानो प्वाल (फिस्टुला) विशेष शल्यक्रियामार्फत बन्दगरियो।
अमेरिकन संस्था ‘स्माइल ट्रेन’को सहयोगमा निसर्ग अस्पतालमा ओठ तथा तालु फाटेका, नाक नमिलेका, गिजामा फाल भएका तथा स्पष्ट बोल्न नसक्ने बिरामीहरूको निःशुल्क उपचार गरिँदै आएको छ। यही कार्यक्रम अन्तर्गत जयन्ती र कपिलकोे सफल शल्यक्रिया गरियो।

अब कपिलको पनि दूधखाँदाहुने समस्या समाधानमात्रभएन, सग्लो रुपमा शुन्दर भविश्य बनाउने आधार निर्माण भयो।
जयन्तीको तालुमा रहेको सानो प्वाल (फिस्टुला) बन्दगर्ने विशेष शल्यक्रिया पछि उनको नाकबाट खानातथा तरल पदार्थ जाने समस्या पूर्ण रूपमा समाधान भयो।
अस्पतालको एउटै छानामुनि आफ्नादुवै सन्तानले स्वस्थजीवनपाएको देख्दा कमलाका आँखा खुशीका आँसुले डलबलाए।
किशोरी बन्दै गएकी जयन्ती पीडा रहित र दृढ देखिइन्। फेरि गृह जिल्ला दार्चुला फर्कँदैगर्दा कमला दुई सन्तान मात्र लिएर फर्किनन्। उनी तीं सन्तानका सग्ला अनुहार, सन्तुष्ट हासो र सुरक्षित भविष्य लिएर फर्किइन्।
निसर्ग हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष तीर्थ राज पन्तले भने, ‘यो कथा केवल एउटा परिवारको होइन, दुर्गम भेगका सयौँ परिवारका लागि आशा र विश्वासको सन्देश हो। हामीले पुरा गर्न खोजेको सामाजिक उत्तरदायित्व मात्र हो।’



