Logo
१२ पुस २०८२, शनिबार

रवि र बालेन मिलेर जाने कि एक्ला एक्लै : आज टुंगो लाग्ने

अक्षरपाटी
२०८२ पुस १२ , शनिबार ०१:१२ मा प्रकाशित

काठमाडौैं । केही दिनदेखि राष्ट्रिय स्वतन्त पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह एक साताभन्दा लामाे समयदेखि सहकार्यका लागि छलफलमा छन्।

बालेनको समर्थनमा पार्टी खोलेका कुलमान घिसिङ पनि यो सहमति र सहकार्यको एक पाटोका रुपमा देखिएका छन्।

सातादिनदेखि छलफलमा रहेका रास्वपा सभापति लामिछाने र साहबीच आज पुनः भेटवार्ता हुने भएको छ। त्यसअघि बालेन र कुलमान घिसिङबीच छलफल हुने बताइएको छ।

रास्वपाको सर्तअनुसार साहले घिसिङसँग छलफल गरेर मात्रै रवि र बालेन सहमतिको अन्तिम प्रयासमा जुट्ने बताइएको छ।

हिजो दोस्रो तहका प्रतिनिधिले बालेन, कुलमान र जेन–जी का लागि प्रतिनिधित्व निश्चित हुनेगरि सहमतिको खाका तयार पारिसकेका छन्।

सहमतिमा रास्वपाले निर्वाचन चिह्न ‘घण्टी’ राख्ने निर्णय गर्नुपर्ने सर्त अघि बढाउने तयारी गरेको छ।

आज रवि र बालेनबीच वान–टु–वान बैठकपछि रास्वपासँग मिलेर जाने या एक्ला एक्लै अघि बढ्ने भन्ने टुंगो लाग्ने बालेन पक्षले जनाएको छ।

बालेन साह रवि लामिछाने