Logo
२२ पुस २०८२, मंगलबार

रास्वपाको समानुपातिक बन्दसूचीबाट डा. अरनिको पाँडे बाहिरिए, फिर्ता लिने संख्या ६ पुग्यो

अक्षरपाटी
२०८२ पुस २१ , सोमबार ११:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ। पछिल्लो पटक डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

रास्वपाको समानुपातिक बन्दसूचीमा समावेश डा. पाँडेले पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सूचीमा रहिरहने औचित्य नरहेको बताएका छन्। उनले हिजो राति बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा बन्दसूचीबाट आफ्नो नाम हटाउने निर्णय जानकारी गराएको जनाएका छन्।

डा. पाँडेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भनेका छन्, ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ।’

यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल तथा प्राध्यापक महेन्द्र लावतीले पनि समानुपातिक उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )