

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले झण्डै १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर काठमाडौंको बबरमहलमा भव्य भवन निर्माण गरेको छ।
अर्बको भवनमा रहेको तला नै खाली राखेर भए पनि निगम नेतृत्वले निगमका लागि अझै पनि भाडामा घर लिएर कार्यालय सञ्चालन गरिरहेको खुलेको छ।
कार्यालएका एक उच्चस्तरका कर्मचारीले नै भने कमिसनको लोभमा भाडाको घरमा निगमको एउटा अंग बसिरहेको छ।
निगमको कारोबार प्रविधिमैत्री एवं पारदर्शी बनाउने उद्देश्यले सञ्चालित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी)को कार्यालय नै अपारदर्शी ढंगले भक्तपुरको लोकन्थलीमा भाडाको घरमा सञ्चालन हुँदै आएको निगमकै कर्मचारी बताउँछन्।
अर्बको भवन खाली राखेरै उक्त घरको भाडा निगमले मासिक १ लाख २० हजार रुपैयाँ तिरिरहेको निगम स्रोतले जानकारी दिएको छ।
तत्कालीन कार्यकारी निर्देशकले निगमको कार्यालय भवन नहुँदा भाडामा लिएको घर अहिले पनि कायम राखिएको स्रोतले बतायो। उनका अनुसार निगमको वर्तमान नेतृत्वले पनि कमिसनको लोभमा ईआरपीको कार्यालय भाडाकै घरबाट सञ्चालनलाई निरन्तरता दिइरहेको हो।
यसअघि २०७७ सालमा निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आफ्ना नातेदारको घर ईआरपी सञ्चालनका लागि लोकन्थलीमा भाडामा लिएका थिए।
त्यतिबेला निगमको केन्द्रिय कार्यालय बबरमहलमा भवन निर्माण गर्नुपर्ने अवस्था भएर लोकन्थलीमा ईआरपी सञ्चालन गरे पनि हाल बबरमहलमा भव्य भवन बनिसकेको छ।
भवनमा सिंगो केन्द्रिय कार्यालय नै सञ्चालन आइसके पनि निगमले उक्त भवन भाडामा लिएर ईआरपी लोकन्थलीबाटै सञ्चालन गरिरहेको छ।
स्मरणीय त के छ भने ईआरपीकै लागि भनेर निगमको बबरमलस्थित भव्य भवनको छैटौं तलामा अहिले पनि खाली राखिएको छ।
‘यता भव्य भवनको एउटा तला नै खालि राख्ने उता महंगो भाडा तिरेर ईआरुपीको कार्यालय चलाउने, नियत के हो ? आफै अनुमान गुर्नस’, निगमकै एक कर्मचारीले अक्षरपाटीलाई बताए।
लोकन्थलीमा रहेको घरमा भने भाडासहित सुरक्षा, सरसफाई, मर्मत सम्भारलगायतमा खर्च समे निगमले नै गर्दै आएको छ।
भाडा शुल्क बाहेक बिजुली, फोहोर, पानी समेतको रकम निगमले तिरिरहेको छ।
निगमले २०७७ सालमा आफ्नो बिक्रीवितरण तथा भुक्तानीका काम पारदर्शी एवं प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको सफ्टवेयर प्रणालीलाई ईआरपी भनिन्छ।
आयल निगम



