

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरिएको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए। उनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएकी हुन्।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले वार्षिक प्रतिवेदनमा उल्लेखित विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताएका छन्।
महान्यायाधिवक्ता भण्डारीले वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा गरिएका अभियोजनसम्बन्धी मुद्दाको विवरण, सरकारको हकहित, सरोकार रहेका रिट तथा मुद्दामा गरिएका बहस पैरवी र प्रतिरक्षासहित सुझाव समेटिएको बताएकी छन्।
भण्डारीले कानुनी रायसम्बन्धी विवरण, महान्यायाधिवक्ताको कार्यालय तथा मातहत सरकारी वकील कार्यालयका स्रोतसाधनको अवस्था, भौतिक स्थिति, जनशक्तिको विवरण, कार्य सम्पादनमा देखिएका समस्या र चुनौती तथा सुझाव समेटिएको जानकारी दिएकी छन्।
महान्यायाधिवक्ता राष्ट्रपति रामचन्द्र पौडेल सविता भण्डारी



