Logo
२६ फागुन २०८२, मंगलबार

पैसामा मत बेच्नु भनेको सन्तानलाई धोका हो : महावीर पुन

अक्षरपाटी
२०८२ माघ १६ , शुक्रबार ०२:०१ मा प्रकाशित

काठमाडौँ। म्याग्दी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार महावीर पुनले मतदातालाई पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन्। चुनावी अभियानका क्रममा मतदातासँगको भेटघाटमा उनले पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति गम्भीर अन्याय हुने बताएका हुन्।

पुनले मतदातालाई सम्बोधन गर्दै सानो रकमको लोभमा मत बेच्दा त्यसको असर सिधै छोराछोरी र नातिनातिनाको भविष्यमा पर्ने बताए। ‘दुई–चार हजार वा केही हजार पैसाका लागि मत बेच्नु भनेको आफ्नै सन्तानको भविष्य बेच्नु हो, ‘उनले भने।

उनका अनुसार पैसामा आधारित मतदानले योग्य नेतृत्व चयन हुन नदिने र त्यसको दीर्घकालीन असर समाज र राष्ट्रले भोग्नुपर्ने हुन्छ। ‘अहिलेको गलत निर्णयले आउँदो पुस्ताले दुःख पाउँछ,’उनले जोड दिए।

पुनले मतदातालाई चेतनशील भएर मतदान गर्न आग्रह गर्दै स्वच्छ र इमानदार नेतृत्व चयन गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताए।

महावीर पुन