Logo
२० माघ २०८२, मंगलबार

सुन तोलामा १३ हजार ४ सयले घट्यो, चाँदी पनि सस्तो

अक्षरपाटी
२०८२ माघ १९ , सोमबार ११:०२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घट्दै तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा ३०० रुपैयाँले घटेर ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलाको ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण पछिल्लो समय सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको व्यवसायीहरू बताउँछन्।

सुनचाँदी