

बिराटचोक। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु घर दैलोमा व्यस्त छन्।
फागुन २१ मा हुने चुनाव नजिकिँदै गर्दा अनेक दृश्य देखिने गरेका छन्। यस्तै दृश्य देखिएको छ, निर्वाचन क्षेत्र नम्बर ३ मोरङमा ।
नेपाली कांग्रेसका सुनिल शर्माका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार युवा गणेश कार्की घरदैलोमा सुन्दरपुर हरैंचा नगरपालिकामा व्यस्त थिए। सो क्रममा ९ नम्बर वडाका घर घर मत माग्दै आफ्ना प्राथमिकता बताउन लागेका थिए।
सोही क्रममा उक्त वडाका कांग्रेस एमाले अगुवासहितको टोल नै रास्वपामा प्रवेश गरेका छन्।

‘म त पहिलो पल्ट चुनाव लड्न लागेकोले एजेन्डा सुनाउन आएको थिएँ तर उहाँहरुले निर्णय सुनाउनुभयो’, कार्की भन्छन्, ‘सिंगो टोल नै रास्वपामा प्रवेश गर्नुभयो। मैले स्वागत गरें।’
आगामी चुनावमा कार्कीले शर्मासित प्रतिस्पर्धा गर्दैछन्। उनी रास्वपाका प्रस्तावित प्रधानमन्त्री बालेन शाहको सहयोगीका रुपमा काम गरेका पथरी शनिश्चरेका युवा अनि सृजनशील उम्मेद्वार हुन्।
गणेश कार्की राष्ट्रिय स्वतन्त्र पार्टी




