Logo
१२ चैत्र २०८२, बिहीबार

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

अक्षरपाटी
२०८२ माघ २० , मंगलबार १२:०२ मा प्रकाशित

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत ९सीईओ०को रूपमा सुमन शर्मालाई नियुक्त गरेको छ । मंगलबार सम्पन्न सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि बैंकको कार्यकारी नेतृत्व सुम्पने निर्णय गरेको हो ।

करिब २५ वर्षदेखि बैंकिङ क्षेत्रमा सक्रिय शर्मा अनुभवी बैंकरका रूपमा चिनिन्छन् । उनले यसअघि सनराइज बैंकको सीईओको जिम्मेवारी सम्हालेका थिए भने माछापुच्छ्रे बैंकको कार्यकारी नेतृत्व समेत गरिसकेका छन् ।

निवर्तमान सीईओ अशोक शेरचनले आइतबार पदत्याग गरेपछि उनको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले शर्मालाई नयाँ सीईओ नियुक्त गरेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई, एनएमबी, माछापुच्छ्रे लगायतका बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका शर्माले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । साथै, सन् २००५ मा नेदरल्याण्ड्सस्थित मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए हासिल गरेका शर्मा अर्थशास्त्र र एमबीए ९फाइनान्स०मा स्वर्ण पदक विजेता पनि हुन् ।

प्रभु बैंक