

रामेछाप । दुर्घटनामा परेर तामाकोशीमा ढुबेको बसबाट नौ जनाको शब निकालिएको छ।
रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछामका अनुसार घटनास्थलमा अहिले गोताखोरको टोलीले उद्धारको काम गरिरहको छ ।
यसअघि बसमा १३ जना चढेको भनिए पनि झन्डै २० जना रहेका अनुमान छ। अहिलेसम्म ९ जनाको शव निकालिएको र मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीकाे भनाइ छ ।
आज बिहान काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको अरनिको यातायातको प्रदेश ३–०१–००५–९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको हो ।
दुर्घटना



