

काठमाडौं । नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोअपरेसन एन्ड एङ्गेजमेन्ट (NIICE) ले ‘क्षेत्रीय सहनशीलता: नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरण’ विषयमा नेपाल–भारत थिङ्क ट्याङ्क फोरम आयोजना गरेको छ।
कार्यक्रममा नेपाल र भारतका प्रमुख थिङ्क ट्याङ्कका विशेषज्ञहरूले सहभागिता जनाएका थिए।
भारतको प्रख्यात युनाइटेड सर्विसेस इन्स्टिच्युटका महानिर्देशक (सेवानिवृत्त) उप-एडमिरल सञ्जय जसजीत सिंहले नेपालीहरूको साहस र वीरताले भारतीय सैन्य शक्ति र क्षेत्रीय सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको बताए।
भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरनले नेपाली युवासँगको अन्तरक्रियाबाट आफू प्रभावित भएको बताए। उनले दुवै देशका युवाहरूले भविष्यमा सुरक्षा र कूटनीतिक सहकार्यमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सीमा सुरक्षा, मानव तस्करी, लागुऔषध तथा साइबर सुरक्षा जस्ता चुनौतीहरूको समाधानमा सहकार्यको आवश्यकता औँल्याइएको थियो।

एनआईआईसीईका संयोजक विवेक धोज थापाले नेपाल–भारत सम्बन्धलाई उपनिवेशपछिको शक्ति नभै रणनीतिक साझेदारीका रूपमा हेर्दै नेपाल–भारत सम्बन्धले उर्दीयमान युवा जनसंख्यासँगको साझेदारीमा केन्द्रित हुनुपर्ने बताए।
कार्यक्रम अन्त्यमा रक्षा सहकार्य, क्षेत्रीय स्थिरता र साझा सुरक्षासम्बन्धी प्रश्नोत्तर सत्र सम्पन्न भएको थियो।
भारत–नेपाल



