

काठमाडाैं। हिन्दूहरुका आराध्यदेव शिवको विशेष दिन । आज महाशिवरात्रि। हरेक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रिका दिन आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरिन्छ।
आज महाशिवरात्रि पर्वका अवसरमा बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचाे लागेकाे छ।
मन्दिर परिसरलाई सिंगार गरिएको छ। महात्मा, साधुसन्त र बाबाहरूले धुनी जगायर देवादिदेव शिवको ध्यान गरिरहेका छन्।
पशुपतिनाथको दर्शनका लागि करिब ४ हजार साधु भित्रिएको अनुमान छ। उनीहरुको उपस्थितिले यहाँको राैनक नै अर्कै बनाइदिएको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि खोला, नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन्।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरेर चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ।
पशुपतिनाथ क्षेत्रमा घुइँचो लागेका दर्शनार्थीको भिड व्यवस्थापनका लागि प्रहरीले ३ हजार २ सय जनशक्ति परिचालन गरेको छ।
शिवरात्रि मनाउन आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। भारतसहित देशका विभिन्न स्थानबाट साधु, सन्त, महन्त तथा नाङ्गा बाबा आएका छन्।
शुपतिनाथ मन्दिरमा पूजाआजा र दर्शन गर्न जाने भक्तजनका लागि रुटको व्यवस्था गरिएको छ।
सवारी पार्किङ
१. सिफल चौरमा दर्शानार्थीको सवारी, पास वाहक सवारी साधन, सुरक्षाकर्मीका सवारी साधन।
२. गुहेश्वरी पारी तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधन।
३. पशुपति विकास कोषको कार्यालय र भण्डारखालमा सवारी पासवाहक सवारी साधन।
४. तिलगंगा आँखा अस्पताल र करिडोरमा तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधन।
५. वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने संघ संस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधन।
६. प्रहरी वृत्त गौशालामा पासवाहक सवारी साधन र सरकारी सवारी साधन।
पशुपतिनाथ महाशिवरात्री



