Logo
३१ वैशाख २०८३, बिहीबार

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रालाई पितृशोक

अक्षरपाटी
२०८२ फागुन ६ , बुधबार ०१:०२ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मल्होत्राका बुवा सुनील मल्होत्राको निधन भएको छ।

पूर्व मर्चेन्ट नेभी कप्तान सुनील मल्होत्राको दिल्लीमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। परिवारका सदस्य तथा आफन्तहरूको उपस्थितिमा उनको अन्तिम संस्कार समेत सम्पन्न भइसकेको बताइएको छ।

बुवाको निधनपछि अभिनेता सिद्धार्थले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बाल्यकालदेखि हालसम्मका तस्बिरहरू साझा गर्दै भावुक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले पोस्टमा बुवाबाट सिकेका अनुशासन, कर्तव्यनिष्ठा र जीवनका मूल्यहरू सधैं आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुनील मल्होत्रा अनुशासनप्रिय र दृढ व्यक्तित्वका रूपमा चिनिन्थे। सिद्धार्थले विगतका विभिन्न अन्तर्वार्ताहरूमा बुवासँगको निकट सम्बन्ध र जीवनमा पाएको मार्गदर्शनबारे खुलस्त चर्चा गर्दै आएका थिए।

उनको निधनप्रति फिल्म क्षेत्रका कलाकार, शुभेच्छुक तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरिरहेका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )