Logo
४ वैशाख २०८३, शुक्रबार

सुनको भाउ ४ हजार ३ सयले बढ्यो

अक्षरपाटी
२०८२ फागुन ७ , बिहीबार १०:०२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ३ सय रूपैयाँले बढेर ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले घटेर ३ लाख ४ सयमा कारोबार थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १८० रूपैयाँले बढेर चाँदी ५ हजार ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।