

खैराला । कैलालीको चुरे गाउँपालिका- ४ गर्भाका धनबहादुर बोगटी नेकपा एमाले परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
गर्भा दरबारमा आज आयोजित चुनावी सभामा बोगटी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन। उनलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले अबिर तथा खादा लगाएर पार्टीमा स्वागत गरेका छन्।
२५ वर्षदेखि नेकपा एमालेमा सक्रिय रहेका बोगटीले एमालेका पछिल्ला गतिविधि समाज र आम नागरिकको हितविपरीत भइरहेकाले पार्टी परित्याग गरेर नेपाली कांग्रेसको आस्था अँगालेको बताए।
उनले नेपाली कांग्रेसलाई उचाइमा पुगाउन आफू हरसंम्भव प्रयत्न गरिरहने बताए।
निर्वाचन नेकपा एमाले नेपाली कांग्रेस रखबहादुर बिष्ट 'आनन्द'



