Logo
२१ फागुन २०८२, बिहीबार

त्रिशूलीमा बस दुर्घटना: १७ को निधन, २४ घाइते

अक्षरपाटी
२०८२ फागुन ११ , सोमबार ०८:०२ मा प्रकाशित

काठमाडौं । धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २४ जना घाइते भएका छन्।

राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खस्दा दुर्घटना भएको थियो ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो ।

मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै छ । राति भएकाले उद्धारमा कठिनाइ भएकाे उद्धारकर्मीको भनाइ छ।

यस्तै घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । दुर्घटनाको कारण खुलेको छैन ।

दुर्घटना

ट्रेन्डिङ ( साप्ताहिक )