



बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
जिल्लाको मेलौली नगरपालिका–८ कोटीगाउँमा कच्ची सडकमा बिहीबार राति साढे १० बजेतिर लु ५ त १५३९ नम्बरको ट्याक्टर सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
मर्छलेबाट बगौरातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरको ट्रालीमा बसीरहेका मेलौली नगरपालिका-८ का ३५ बर्षीय पदम ठगुन्ना,४२ बर्षीय धनबहादुर बिष्ट, ४५ बर्षीय बलराम ठगुन्ना, २० बर्षीय सुवास ठगुन्ना, १६ बर्षीय आकाश दमाइ, ४५ बर्षीया पशुपति दमाइ र १८ बर्षीय अनिल ठगुन्ना घाइते भएका प्रहरी निरीक्षक बडूले बताए ।
घाइते मध्ये पदम ठगुन्नालाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टर चालक मेलौली नगरपालिका ८ का ३८ बर्षीय सुरेश ठगुन्नालाई नियन्त्रणमा लिइएको र दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




