Logo
२६ फागुन २०८२, मंगलबार

कैलाली–५ मा नाउपा उम्मेदवार चौधरी रास्वपामा प्रवेश

अक्षरपाटी
२०८२ फागुन १२ , मंगलबार ०१:०२ मा प्रकाशित

कैलाली । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा) बाट कैलाली ५ का उम्मेदवार रहेका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

आफूले उठाउँदै आएका एजेन्डा र रास्वपाका उम्मेदवार आनन्द चन्दका मुद्दा मिलेकाले पार्टीमा समाहित भएको चौधरीले बताए। ‘मेरो एजेन्डा सुशासन, समावेशिता र विकास थियो। जुन रास्वपाका उम्मेदवारको पनि छ। परिवर्तनका लागि हामी एक ठाउँमा आउन जरुरी ठानेर उम्मेदवारी स्थगित गरेको हुँ,’ उनले भने।

चौधरीलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी र जशु भट्ट तथा उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै उम्मेदवार चन्दले चौधरीजस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको बताए। ‘उहाँको आगमनले पार्टी थप बलियो भएको महसुस गरेको छु,’ चन्दले भने।

चौधरी गत निर्वाचनमा प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका थिए। त्यतिबेला उनले पाँच हजारभन्दा बढी मत प्राप्त गरेका थिए।

रास्वपा