


काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा शंकर ग्रुप समेत मुछिएको छ। पौडेलसँगै सो समूहका सञ्चालक तथा कर्मचारीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार उनीविरुद्ध पुरक आरोपपत्र दर्ता गरेको हो ।
मुद्दामा पौडेलसहित १० वटा कम्पनीहरूसहित १६ जनालाई प्रतिवादी बनाइएको छ। पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बराबारको बिगो माग गरिएको छ ।
यसअघि नै अदालतमा दर्ता भइसकेको प्रतिवादी दीपक भट्टसमेतको सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान गरी अदालतमा विभागले पूरक अभियोग पत्र दर्ता गरेको हो।
विष्णु पौडेल

