Logo
१७ भदौ २०८३, बुधबार

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द

अक्षरपाटी
२०८२ फागुन १७ , आईतबार ०४:०३ मा प्रकाशित

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले आज (आइतबार) राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाका सबै सीमानाका बन्द गरिने भएको छ।

निर्वाचन आयोग ले निर्वाचन सुरक्षा निर्देशिकाअनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगावै सीमानाका बन्द गर्नुपर्ने प्रावधान रहेको जानकारी दिएको छ। सोही व्यवस्थाबमोजिम आयोगले नेपाल सरकारलाई सिफारिस गरेपछि आज राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म अन्तर्राष्ट्रिय नाका बन्द रहनेछन्।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको हो। सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आयोगले सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ।

निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पार्दै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न विभिन्न सुरक्षा उपायहरू अवलम्बन गरिएको आयोगले जनाएको छ।

सीमानाका बन्द

ट्रेन्डिङ ( साप्ताहिक )