



काठमाडौं। ‘ग्लोबल मनि विक–२०२६’ को अवसरमा प्रभु बैंक लिमिटेडले ‘एकाउन्टिङ फर ग्रोथ’ विषयक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ चैत २ गतेदेखि देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको जनाएको छ।
सोही अभियान अन्तर्गत बौद्धस्थित होटल अनुत्तरामा आयोजना गरिएको एकदिने कार्यक्रममा सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई तथा एसएमई) व्यवसायमा संलग्न ४७ जना व्यवसायी सहभागी भएका थिए।
कार्यक्रममा व्यवसायीहरूलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया तथा कागजात, वित्तीय संस्थाबाट कर्जा तथा लगानी प्राप्त गर्न आवश्यक योग्यता, साथै व्यवसायलाई व्यवस्थित र दिगो बनाउन लेखा व्यवस्थापनको महत्वबारे जानकारी प्रदान गरिएको थियो।
बैंकले यस्ता कार्यक्रममार्फत व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाउने र व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
हाल प्रभु बैंकले नेपालभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ।
‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएको जनाएको छ।
प्रभु बैंक



