



काठमाडौं। प्रभु बैंक लिमिटेडको कमलादी शाखाले सेभ मनी टक मूल नारासहित ग्लोबल मनि विक २०२६ का अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।
कमलादी शाखाद्वारा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बै्रकका उच्च पदाधिकारी तथा कर्मचारीको उल्लेख्य उपस्थिति थियो।
र्याली कमलादी शाखाबाट सुरु भई दरबारमार्ग र कमलपोखरी चोक हुँदै पुनः कमलादी शाखामै पुगेर समापन गरिएको थियो। र्यालीमा वित्तीय सचेतनामूलक प्लेकार्ड तथा ब्यानरहरू प्रदर्शन गरिएको थियो।
प्रभु बैंकले हाल देशभर ३१२ शाखा कार्यालय, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
प्रभु बैंक



