



काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
आइतबार अबेर भएको भेटमा सभापति लामिछानेले हालै सम्पन्न निर्वाचनको सफलताप्रति सरकारलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका हुन्।
प्रधानमन्त्री निवासमा भएको भेटमा लामिछानेले समयमै निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुनु लोकतान्त्रिक प्रणालीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले मुलुकले सहज र लोकतान्त्रिक निकास पाउनु सामान्य विषय नभएको भन्दै यसका लागि सरकारको भूमिका सराहनीय रहेको धारणा राखे।
उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु।’
लामिछानेले निर्वाचन प्रक्रियामा पारदर्शिता, निष्पक्षता र विश्वसनीयता कायम राख्नु लोकतन्त्रको सुदृढीकरणका लागि अनिवार्य रहेको उल्लेख गरे।
भेटका क्रममा समसामयिक राजनीतिक विषय, शासन प्रणाली सुधार तथा जनअपेक्षा सम्बोधनका विषयमा समेत छलफल भएको जनाइएको छ।
रवि लामिछाने सुशीला कार्की



