Logo
९ वैशाख २०८३, बुधबार

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

अक्षरपाटी
२०८२ चैत्र १६ , सोमबार ०८:०३ मा प्रकाशित

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेका हुन्।

संसदको दुवै सदनको अधिवेशन चैत १९ गते विहीबार दिउँसो २ बजे संघीय संसद भवन सिंहदरबारमा बस्नेछ।

गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो ।

राष्ट्रपति रामचन्द्र पाैडेल संसद अधिवेशन