Logo
४ वैशाख २०८३, शुक्रबार

सुदूरपश्चिमबाट करिब ५४ हजार विद्यार्थी एसईई परिक्षा दिँदै

अक्षरपाटी
२०८२ चैत्र १७ , मंगलबार १०:०३ मा प्रकाशित

धनगढी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष सुदूरपश्चिम प्रदेशबाट करिब ४५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।

शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लाबाट ५३ हजार ९७३ परीक्षार्थी एसईईमा सहभागी हुने भएका हुन । चैत १९ गतेबाट एसईई परीक्षा हुँदैछ ।

नियमिततर्फका ४० हजार ७१०, प्राविधिक धारका एक हजार ७७८ र ग्रेड वृद्धितर्फका ११ हजार ४८५ परीक्षार्थी परीक्षामा सहभागी हुने निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनले जानकारी दिए ।

एसईई