Logo
१० वैशाख २०८३, बिहीबार

योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट

अक्षरपाटी
२०८२ चैत्र २४ , मंगलबार ०१:०४ मा प्रकाशित

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यस्तै, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

राष्ट्र बैंकमा २ जना डेपुटी गभर्नर हुने भएपनि अर्काे एक जनाको नाम भने सार्वजनिक भएको छैन। उपाध्यक्षमा नियुक्त भएका डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।

भट्ट पछिल्लो सरकारको पालामा राष्ट्र बैंकको गभर्नरका लागि चर्चामा आएका ब्यक्ति हुन्।

डा. गुणाकर भट्ट

ट्रेन्डिङ ( साप्ताहिक )