



काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । प्रमुख स्वकीय सचिव भएर काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् ।
पछिल्लोपटक फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए ।
भूपदेव रास्वपा



