



काठमाडौं। सम्पत्ति शुद्धीकरण विभागकाे निशानामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ परेका छन्।
विभागले आज उनकाे घर र निर्माण कम्पनीको कार्यालयमा छापा मारेको छ। बानियाँले अवैध सम्पत्ति लुकाएको आशंकामा उनकाे घर र कार्यालयमा छापा मारेकाे विभाग स्रोतले जनाएको छ।
बानियाँ निर्माण सेवा (बीएनएस) र घरमा छापा मारेर महत्वपूर्ण कागजात लिएर गएको बताइएकाे छ। बानियाँकाे हेटाैँडा र काठमाडौंमा रहेका घर र कार्यालयहरुमा विभागले छापा मारेको हो।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी हुन्।
इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री



