Logo
२६ वैशाख २०८३, शनिबार

सेयर बजार झिनो अंकले बढ्यो

अक्षरपाटी
२०८३ वैशाख २४ , बिहीबार ०३:०५ मा प्रकाशित

काठमाडौं। साताकाे अन्तिम काराेबार दिन आज सेयर बजार झिनो अंकले बढेको छ।

बिहीबार सेयर बजार ६ दशमलव ९४ अंक बढेको हो। याे सँगै नेप्से परिसूचक आज २७१८ अंकमा कायम भएको छ।

बुधबार १ दशमलव ६४ अंकले घटेको सेयर बजार मंगलबार ८ अंक बढेको थियो। आज २ अर्ब ९३ करोडको कारोबार भएको छ। गत फागुन २५ यताकै यो काराेबार रकम सबैभन्दा न्यून हो।

केही दिन यता घट्दै गएको काराेबार रकम बुधबार ३ अर्ब १९ करोड भएको थियो। आज १५५ कम्पनीको मूल्य बढेको छ भने १०२ को घटेको छ। त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रह्यो।

सेयर बजार