Logo
२७ वैशाख २०८३, आईतबार

एसइई नतिजा हेर्न सकिने एसएमएस र वेबसाइटहरूको सूची सार्वजनिक

अक्षरपाटी
२०८३ वैशाख २७ , आईतबार ०४:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्न सकिने माध्यमहरूको सूची सार्वजनिक गरेको छ।

कार्यालयले सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आइभिआर सेवा तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने जनाएको हो।

सूचनाअनुसार विद्यार्थीहरूले मोबाइलबाट एसएमएस पठाएर, आइभिआर सेवा प्रयोग गरेर तथा तोकिएका वेबसाइटमा आफ्नो सिम्बोल नम्बर प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

परीक्षा नियन्त्रण कार्यालयले एसइई नतिजा सार्वजनिक हुने मिति र समय भने केही दिनमै सार्वजनिक गरिने जनाएको छ।

एसइई