Logo
३१ वैशाख २०८३, बिहीबार

साल्ट ट्रेडिङको वार्षिक साधारणसभा जेठ अन्तिममा

अक्षरपाटी
२०८३ वैशाख ३१ , बिहीबार ११:०५ मा प्रकाशित

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशनले वार्षिक साधारणसभा बोलाएको छ।

मंगलबार बसेको कर्पोरेशन सञ्चालक समितिको बैठकले जेठ २९ गते ५९ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छ।

सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावमाथि पनि छलफल गर्ने जनाइएको छ।

सभाले कम्पनीको प्रबन्धपत्र र निमायवली पनि स्वीकृतलगायतका प्रस्तावमाथि छलफल तथा पारित गर्ने प्रस्ताव सभाका लागि तय गरिएका छन्।

साल्ट ट्रेडिङ