



काठमाडाैं। सरकारले आगामी आर्थिक वर्षमा सडक र सिँचाइका आक्रामक आयोजना अघि सारेको छ।
आगामी आर्थिक वर्षमा देशभर १ हजार किलोमिटर सडक कालोपत्रे गरिने र कम्तिमा २ सयवटा सडक निर्माण, पुल निर्माण र सुरुङ मार्गको अध्यन गर्ने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरेका हुन्।
पूर्व–पश्चिम राजमार्ग ५ वर्ष भित्र चार लेनमा बिस्तार गर्ने काम सम्पन्न गरिने, यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने अर्थमन्त्री डा. वाग्लेले बताए।
उनले द्रुतमार्गको ४० पुल र ४ सुरुङ द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड विनियोजन गरिएको छ।
कर्णाली राजमार्गलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको उनले बताए।
त्यस्तै ठूला सिँचाइ आयोजनादेखि भूमिगत सिँचाइ आयोजना कार्यान्वयन गरिने व्यवस्था बजेटमा गरिएको छ।
बजेट



