Logo
७ असोज २०८३, बुधबार

प्रभु बैंक र अपोलो अस्पतालबीच छुट सम्झाैता

अक्षरपाटी
२०८३ जेठ २७ , बुधबार ०१:०६ मा प्रकाशित

काठमाडौं। भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डबाहकहरूले अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

भर्ना भएर उपचार गराउने बिरामीहरूले औषधि तथा उपभोग्य सामग्रीबाहेकका सेवाशुल्कमा १० प्रतिशत छुट पाउनेछन्।

त्यसैगरी, भर्ना नभई उपचार गराउने बिरामीहरूले औषधि तथा परामर्श शुल्कबाहेकका अन्य उपचार सेवामा १० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो अस्पतालका डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु विष्टले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए।

दुवै संस्थाबीच भएको यो सम्झौता २८ मे २०२६ देखि लागू भई मे २०२८ सम्म प्रभावकारी रहने जनाइएको छ।

प्रभु बैंक

ट्रेन्डिङ ( साप्ताहिक )