



काठमाडौं । गायिका मेलिना राई र गायक सियोन महर्जन (क्षितिज) को स्वरमा रहेको गीत ‘कहीँ नभाको जात्रा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक सियोन भ्वाइस अफ नेपाल सिजन ७ का प्रतियोगी हुन्।
गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ। रेकर्डिङ शंकर लिम्बुले गरेका हुन् भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ विश्व अधिकारीले गरेका छन्।
सार्वजनिक भिडियोमा सियोन महर्जन र खुसी कार्कीको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन्।
उत्सव दाहालको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा रंग संयोजन गरेका छन्।
भिडियोका निर्माता डा. साइअन महर्जन हुन् भने निर्माण व्यवस्थापनको जिम्मेवारी निर्मल न्यौपानेले सम्हालेका छन्। भिडियो क्षितिज महर्जनद्वारा प्रस्तुत गरिएको हो।
आधुनिक संगीत, आकर्षक दृश्य संयोजन र युवा पुस्तालाई लक्षित प्रस्तुतीका कारण ‘कहीँ नभाको जात्रा’ ले दर्शक तथा संगीतप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ।



