Logo
७ असार २०८३, आईतबार

प्रदीप ज्ञवालीले सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेको भन्दा बालेनले बजाए ताली

अक्षरपाटी
२०८३ असार ७ , आईतबार ०५:०६ मा प्रकाशित

काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन आजबाट सुरु भएको छ । चितवनमा जारी प्रथम महाधिवेशनबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नेछ ।

यसैबीच रास्वपालाई शुभकामना दिन पुगेका नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेको भन्दा हुने बताए ।

महाधिवेशनले नेतृत्व चयन गर्ने र राजनीतिक नीति र कार्यदिशा तय गर्ने उनको भनाइ थियो । नेतृत्वको हकमा सभापतिमा लामिछाने सर्वसम्मत भइसकेको उनले बताए ।

ज्ञवालीले सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेको भन्दा प्रधानमन्त्री समेत रहेका रास्वपा वरिष्ठ नेता बालेनले ताली बजाए ।

‘नेतृत्वको हकमा सायद तपाईंहरूकोबीच द्वीविधा छैन । माननीय रवि लामिछानेज्यू सर्वसम्मत ढंगले सभापति भइसक्नुभएको छ भन्दा हुन्छ,’ उनले भने ।

मञ्चमा रविसँगै रहेका उनले ताली बजाएर समर्थन गरेको भाव दिनेगरी उनले ताली बजाएका हुन् ।

साथै, उनले वरिष्ठ नेतामा बालेन शाहलाई वरिष्ठ नेताको रुपमा सर्वसम्मत भइसकेको आफूले ठानेको बताए ।

‘त्यस्तै सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह पनि वरिष्ठ नेताको रुपमा सर्वसम्मत नै भइसकेको म ठान्दछु । अरु जो जो सहमति वा निर्वाचनबाट निर्वाचित हुनुहुनेछ मेरो शुभेच्छा छ,’ उनले भने ।