Logo
६ साउन २०८३, बुधबार

‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक

अक्षरपाटी
२०८३ साउन ६ , बुधबार ०८:०७ मा प्रकाशित

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ‘आरसीओडी’को म्याद थप्न सरोकारवालाको बैठक बोलाएका छन् ।

मन्त्री श्रेष्ठले बोलाएको बैठक दिउँसो ३ बजे नेपाल विद्युत प्राधिकरणमा बस्नेछ । बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकसहित पदाधिकारी र जलविद्युत आयोजनाका प्रतिनिधिहरुको सहभागिता रहनेछ।

बैठकमा आरसीओडीको चरणमा रहेका ७० वटा कम्पनीमध्ये प्राथमिकतामा परेकोलाई आमन्त्रण गरिएको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु शाहीले बताए।

के हो आरसीओडी भनेको ?

सञ्चालक समिति सदस्य शाहीका अनुसार आरसीओडी भनेको व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी) हो।

प्राकृतिक प्रकोप अथवा अन्य कारणले म्याद गुजारेका विद्युत आयोजनाको वर्गीकरण गरेर म्याद थप्नका लागि मन्त्री श्रेष्ठले बैठक बोलाएका हुन्।

प्राकृतिक प्रकोप, बाढी पहिरोले संरचनामा क्षति पुगेको आयोजनाहरुलाई प्राथमिकता दिएर म्याद थप्ने तयारी सरकारको छ । यसबाहेक लाइसेन्स लिएर खल्तीमा राख्नेहरुलाई के गर्ने भन्ने पनि निर्णय बैठकबाट हुनेछ।

उर्जा मन्त्री विराजभक्त श्रेष्ठ