Logo
२५ साउन २०८३, सोमबार

लागूऔषध खैरो हेरोइनसहित कञ्चनपुरबाट ४ जना किशोर पक्राउ

अक्षरपाटी
२०८३ साउन २५ , सोमबार ११:०८ मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाटाबाट लागूऔषध खैरोहेरोइनसहित ४ किशोर पक्राउ परेका छन्।

शुक्लाफाटा नगरपालिका–१२ कालागौडीबाट ६५० मिलिग्रामसहित सोही ठाउँका ३ जना किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

आइतबार नै शुक्लाफाटा नगरपालिका–१२ खल्ला सिविरबाट अवैध लागूऔषध खैरो हेरोइन ८० मिलिग्रामसहित सोही ठाउँका १६ वर्षीय किशोरलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लाे समय लागूऔषध कारोबार विकराल समस्या बन्दै गएको छ।

लागूऔषध