


गोरखा । गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्ड दर्शनका लागि तीर्थयात्री बोकेर गएको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पालुङटार नगरपालिका–४ र ५ का तीर्थयात्री बोकेर गोसाइँकुण्डतर्फ गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको हो।
डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा ३८ जना यात्रु सवार थिए। तीमध्ये ३४ जना अझै सम्पर्कविहीन छन्।
बसमा सवार चार जना भने बसबाट हाम फालेर सम्पर्कमा आएको डीएसपी श्रेष्ठले बताए। ‘चार जना बसबाट हाम फालेका रहेछन्, सम्पर्कमा आए,’ उनले भने, ‘बाँकी सम्पर्कमा छैनन्।’
तीर्थयात्रीसँगै गएको दुई वटा माइक्रोबस भने सम्पर्कमा रहेको प्रहरीले जनाएको छ। ती माइक्रोमा २६ जना यात्रु सवार थिए।
सम्पर्कविहीन तीर्थयात्रीको खोजी तथा अवस्थाबारे जानकारी लिन प्रहरीले प्रयास गरिरहेको जनाएको छ।
तीर्थयात्री सम्पर्कविहीन सम्पर्कविहीन

