



हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।
गाडीमा ८ जना सवार रहेकोमा चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने अन्य घाइतेलाई काठमाडौं पठाइएको जनाइएको छ।
दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
ईभी गाडी दुर्घटना मकवानपुर

