Logo
२० असोज २०८३, मंगलबार

डा. चन्द्र भण्डारीले गरे उपसभापतिमा उम्मेदवारी दर्ता

अक्षरपाटी
२०८३ असोज २० , मंगलबार ०४:१० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा खुला समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

भण्डारीले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर खुला उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनले यसअघि नै उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

भण्डारीले ‘रूपान्तरित कांग्रेस’ निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाएका छन्। उनले ‘समृद्ध मुलुक, खुसी नेपाली’लाई लक्ष्य र समयअनुकूल विचार बोकेको पार्टी निर्माणलाई त्यसको साधनका रूपमा अघि सारेका छन्। कांग्रेसले विगतमा गौरवपूर्ण इतिहास निर्माण गरिसकेको भन्दै अब वर्तमान पुस्ताले पार्टी र मुलुकको भविष्य निर्माणमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

भण्डारी १४औँ महाधिवेशनमा पनि उपसभापति पदमा उम्मेदवार बनेका थिए। त्यतिबेला उनी शेखर कोइराला समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए।

खुला उपसभापति पदमा डा. भण्डारीसँगै विभिन्न नेताहरूले उम्मेदवारी दिने तयारी गरेका छन् ।

डा चन्द्र भण्डारी

ट्रेन्डिङ ( साप्ताहिक )