


काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन्।
उनले उम्मेदवारी दर्ताका क्रममा समर्थकहरुले नारा लगाएका थिए। महरले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै आएका थिए।
उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको बताएका छन्।
महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने पहल गरेका थिए। उनी आज पनि आफू बलियो काँग्रेसको पक्षमा रहेको बताएका छन्।
महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका महर महाधिवेशनको संघारमा पश्चिम महाकालीदेखि पूर्वको मेचीसम्म कार्यकर्ता भेटघाट गरेर काठमाडाैँ आइपुगेका हुन्।
उनले आफ्नो स्पस्ट नीति, सांगठानिक पकड र एक काँग्रेसका लागि आफूले थालेको पहल नै जितको आधार भएको बताउँदै आएका छन्।
नेपाली कांग्रेस नैनसिंह महर

