Logo
२२ असोज २०८३, बिहीबार

अझै ७३ प्रतिशत नागरिकले काउन्टरबाटै तिर्छन् महसुल

अक्षरपाटी
२०८३ असोज २२ , बिहीबार ११:१० मा प्रकाशित

काठमाडौँ । डिजिटल युग भनिए पनि अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर बिजुलीबो महसुस तिर्ने गरेको तथ्यांक छ। जम्मा २७ प्रतिशन उपभोक्ताले मात्रै डिजिटल माध्यमबाट बिल भुक्तानी गर्ने गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन्। मन्त्री श्रेष्ठले लायन बस्ने अवस्थालाई सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन्।

यसका लागि सचेत नागरिकको सहयोगको खाँचो रहेको उनले बताए। डिजिटल भुक्तानीले नागरिकको समय र आवतजावतको खर्च बचत हुने, नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ।

उनले काउन्टर सञ्चालनमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा सदुपयोग गर्न सकिने धारणा मन्त्री श्रेष्ठको छ। मन्त्री श्रेष्ठकाअनुसार विद्युत महसुल तिर्न भौतिकरुपमा आउने नागरिकका लागि सञ्चालित महसुल संकलन काउन्टरको खर्चमात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ छ। उनले डिजिटल भुक्तानीबाट यो खर्च बचत हुने र उक्त जनशक्तिलाई अन्य काममा लगाउन सकिने धारणा राखेका छन्।

मन्त्री विराज भक्त श्रेष्ठ

ट्रेन्डिङ ( साप्ताहिक )