Logo
२९ असोज २०८३, बिहीबार

हुम्लाका २५ बालबालिका भारत लैजाँदै गर्दा बनबासाबाट उद्धार

अक्षरपाटी
२०८३ असोज २९ , बिहीबार १२:१० मा प्रकाशित

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टबाट नेपाल फर्काइएको छ।

हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले बालबालिकालाई रोकेर नेपाल फर्काएको हो।

नेपाल फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीले आफ्नो जिम्मामा लिएको छ। प्रहरीले उनीहरूलाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ।

तिब्बती भाषा अध्ययनका लागि देहरादुन लैजान लागिएको भनिए पनि बालबालिकालाई त्यहाँको कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने खुलेको छैन। साथै, उनीहरूलाई भारत लैजान अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

उद्धार

ट्रेन्डिङ ( साप्ताहिक )