



रसुवा । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको जीवित उद्धार गरिएको छ।
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय शाहको जीवित उद्धार गरिएको केही समयपछि मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई पनि जीवितै उद्धार गरिएको खबर प्राप्त भएको छ।
उद्धार गरिएका दुवै जनालाई सुरुङबाट बाहिर निकालिएको र आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि पठाउने तयारी भइरहेको छ।
यसअघि सुरुङभित्र फसेका व्यक्तिहरूको खोजीका क्रममा उद्धार टोलीले सुरुङको ‘क्राउन’सम्म पुगेर उद्धारको प्रयास अघि बढाएको थियो।
सुरुङभित्रबाट हावा पठाउने व्यवस्था समेत गरिएको थियो।
सञ्जय शाह र कबीर महर्जनको जीवित उद्धारले सुरुङभित्र फसेकाहरूको उद्धारमा आशा थपिएको छ।
सुरुङभित्र अझै अन्य व्यक्ति रहेको हुनसक्ने भन्दै उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
उद्धार अभियानसँग सम्बन्धित थप विवरण आउन बाँकी छ।
उद्धार त्रिशुली थ्री-ए

