काठमाडौं। बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७० रुपैयाँ रहेको चाँदी यस दिन १८८५ कायम भएको महासंघले जनाएको छ ।