Logo
२ कात्तिक २०८१, शुक्रबार

जहाज दुर्घटनामा ज्यान गुमाएका पीडित परिवारलाई सहयोग गर्छौं : सौर्य एयरलाइन्स

अक्षरपाटी
२०८१ साउन ११ , शुक्रबार ०४:०७ मा प्रकाशित

काठमाडौं,११ साउन । बुधबार भएको दुर्घटनाबारे सौर्य एयरलाइन्सले शुक्रबार आधिकारिक रूपमा प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।

एयरलाइन्सका अध्यक्ष दीपक कुमार पोखरेलले जहाज दुर्घटनामा परी ज्यान गुमाएका पीडित परिवारप्रति साथ सहयोग र सद्भाव सधैं रहने बताएका छन्।

‘सौर्य एयरलाइन्स प्रा.लि. को स्थापनाकालदेखि एउटै परिवारको रूपमा रही काम गर्दै आएका हाम्रा ‍अनन्य मित्र एवम् सहयोगीहरूको मिति २०८१-०४-०९ गते अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत हुनु भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौं,’ सौर्यले विज्ञप्तिमामार्फत् भनेको छ।

साथै यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ।

यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौुं विज्ञप्तिमा भनिएको छ।

साथै विज्ञप्तिमार्फत् दुर्घटनामा परी बाँच्न सफल क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।