Logo
१७ मंसीर २०८१, सोमबार

नेत्रहीन टी–२० विश्वकप क्रिकेट: नेपालले अफगानिस्तानलाई हरायो

अक्षरपाटी
२०८१ मंसीर ११ , मंगलबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले चौथो खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको छ । प्रतियोगितामा यो नेपालको दोस्रो जीत हो ।

नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १ सय रन बनाए । दक्षिण अफ्रिकाका दुई जना खेलाडी रनआउट भए ।

यसअघि पाकिस्तानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका नरेश चौधरीले ८०, सागर लामाले ४०, पदम बडैलाले ३४ रन बनाए । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले १ विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भने अफगानिस्तानलाई हराएको थियो ।