Logo
६ पुस २०८१, शनिबार

एनपिएल : कर्णालीद्धारा चितवनलाई १७६ रनको लक्ष्य

अक्षरपाटी
२०८१ पुस ३ , बुधबार १०:१२ मा प्रकाशित

काठमाडौं। नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरको खेलमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो।

कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम वासिस्टो अर्धशतकीय पारी खेले। ओपनर कोल्सावालाले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। विलियम वासिस्टोले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाउँदै सोहिल तान्भिरबाट पाँचौं विकेटको रूपमा पेभेलियन फर्किए।

कर्णालीले पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरको पहिलो बलमा डक आउटको रूपमा गुमायो । दोस्रो विकेट ४.६ ओभरमा जिसन मक्सुदको गयो। मक्सुदले १२ बलमा १ चौकार १ छक्कासहित १४ रन बनाएर शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए।

त्यस्तै तेस्रो विकेट जयकिसन कोल्सावालाको गयो। उनले ३९ बलमा ६ चौका र २ छक्कासहित ५३ रन बनाउँदै रवि बोपाराको बलमा शरद भेषवाकरको हातमा क्याच भए। चौथो कर्णालीका लागि गुल्सन झा डक आउट भए। पाँचौं विकेटका लागि विलियम वासिस्टो र चाड्विक वाल्टनले ६७ रनको साझेदारप् गर्दै कर्णालीको मिडल अर्डर बलियो बनाए।

त्यस्तै छैटौं विकेटका रूपमा देव खनाल रन आउट भए। चाड्विक वाल्टन ४६ रन र सोमपाल कामी शून्यमा अविजित रहे। चितवनका लागि सोहिल तनवीरले सर्वाधिक २ विकेट लिए। कुशल मल्ल, रवि बोपारा र शरद भेषवाकरले समान १-१ विकेट लिए।