Logo
२३ वैशाख २०८२, मंगलबार

इजराइल-हमास युद्धविराम : १५ महिनापछि परिवारसँग पुनर्मिलन

अक्षरपाटी
२०८१ माघ ७ , सोमबार ०१:०१ मा प्रकाशित

काठमाडौं । इजराइल-हमासबीच १५ महिनापछि गाजामा युद्धविरामको सहमति भएको छ ।

गत वर्षको अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गरी १० नेपालीसहित १२०० जनाको हत्या गरी विपिन जोशीसहित २४९ जनालाई बन्धक बनाएर गाजा पुर्‍याएको थियो ।

युद्धविरामसँगै आइतबार हमासले तीन इजराइली महिलालाई बन्धकमुक्त गरेको छ भने इजराइली जेलमा रहेका ९० जना प्यालेस्टिनी कैदमुक्त भएका छन् ।

हमासले बन्धकमुक्त गरेका र इजराइलले कैदमुक्त गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेड क्रसले उनीहरूको देशमा पुर्‍याएको थियो ।

हमासले बन्धक बनाएका तीन महिलालाई रेडक्रसले तेल अभिवस्थित चेम सेइबा मेडिकल सेन्टरमा पुर्‍याएको थियो । जहाँ उनीहरूका आफन्त र सयौं इजराइलीहरू स्वागतका लागि बसेका थिए ।

इजराइल-हमास युद्धविराम