काठमाडौं । आज बिहानका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ ।
बिहान ८:३० बजेका लागि तय भएको बैठक स्थगित गरेर दिउँसो २ बजे बोलाइएको छ ।
अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो । प्रतिस्पर्धालाई ६०-४० गर्ने कि ७५-२५ राख्ने भन्नेमा सहमति हुन नसकेको हो ।
समितिको बैठक बस्नुअघि सोही विषयमा समन्वय परामर्श उपसमितिले सहमतिको प्रयास गरेको थियो ।
एक पटक शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि आजै दिउँसो २ बजे बैठक बस्नेछ ।
शिक्षक महासंघ शिक्षा मन्त्रालय